कारागारबाट छुटे महरा, अब संसद जान सक्छन् ?

काठमाडौं, ५ फागुन । जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको निवर्तमान सभामुख कृष्णबहादुुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।

असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरालाई सोमबार काठमाडौं जिल्ला अदालत अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका छन् । छुटेलगत्तै उनलाई राजनीतिमा सक्रिय रहन बाटो खुलेको छ । तर सभामुख भने नयाँ प्रक्रियामार्फत चयन भइसकेकाले उनको सांसद पद भने क्रियाशील हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here