पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ५ फागुन । डिजेल र पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारको भाउअनुसार प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here