सुख्खा बन्दरगाह निर्माण शुरु गर्न माहाकाली नगरबासीको दबाव

पप्पु गुरुङ्ग, दोधारा,५ फागुन । नेपाली काग्रेस माहाकालीले सुख्खा बन्दरगाहा शिघ्र निर्माणका लागि सरकारलाई दवाब स्वरुप हस्ताक्षर संकलन अभियानलाई अघि बढाएको छ ।

नेपाली काग्रेंस चाँदनी, माहाकाली नगरपालिकाको पार्टी कार्यालयमा एक कार्यक्रमको बीच सुख्खा बन्दरगाहा निर्माण संचालनको लागी हस्ताक्षर संकलन कार्यको शुरु गरेको हो ।

माहाकाली नगरपालिकाको वडा तथा टोलमा हस्ताक्षर संगै एक्कबद्धता जनाउदै हस्ताक्षर कार्यक्रममा उत्साहपुर्वक स्थानियहरुले सहभागिता रहदै आएको नेपाली काग्रेस माहाकाली नगर कार्य समितिका सभापती डम्मर चन्दले जानकारी दिएका छन् ।

प्रतिपक्षी दल नेपाली काग्रेंसले माहाकाली नगरपालिका क्षेत्रमा सुख्खा बन्दरगाहा निमार्णको स्थान तोक्न र कार्य चाडो सुरु गर्न दबाव स्वरुप हस्ताक्षर संकलन अभियान अघि बढाएको नेपाली काग्रेंस माहाकालीले जनाएको छ् ।

माहाकाली नगरपालिकाको बिभिन्न स्थानमा नेपाली काग्रेंसले सरकारलाई दबाव स्वरुप सुरु गरेको हस्ताक्षर कार्यक्रममा किसान, ब्यापारी, महिला तथा बिद्यार्थीहरुको उत्साहपुर्वक सहभागिता रहदै आएको नेपाली काग्रेंस क्षेत्र नं. ३ क्षेत्रिय सभापती गोपाल दत्त भट्टले जानकारी दिएका छन् ।

‘सुख्खा बन्दरगाहा निमार्णमा माहाकालीबासीमा निकै उत्साह देखिएको छ्’ नेपाली काग्रेंस क्षेत्र नं. ३ क्षेत्रिय सभापती गोपाल दत्त भट्टले भने– ‘स्थानियहरुले उत्साहपुर्वक हस्ताक्षर अभियानमा सहभागी भएका छन् ।’

सुख्खा बन्दरगाहा निमार्णले माहाकाली नगरपालिका मात्रै नभई सुदुरपश्चिम बिकासमा समृद्धि हुने र बर्तमान सरकारले सुख्खा बन्दरगाहा निमार्ण कार्यमा निकै ढिलाई गर्दै आएको बताउदै सरकारलाई सुख्खा बन्दरगाहा निमार्ण कार्य चाडै सुचारु गर्न दबाव स्वरुप हस्ताक्षर संकलन अभियानमा आफुहरु पनि सहभागी भएको स्थानियबासी खड्क रावलले बताएका छन् ।

केन्द्रिय स्तरका नेता तथा मन्त्री आएर सुख्खा बन्दरगाहा भन्दै आउने र जाने गरेको काम मात्रै हुदै आएको र सुख्खा बन्दरगाहा निमार्ण अन्य स्थानमा सार्ने कुरा चलेको बताउदै माहाकाली नगरपालिका क्षेत्रको कञ्चनभोज क्षेत्रमा सुख्खा बन्दरगाहा निमार्ण कार्य तुरुन्तै अघि नबढाए माहाकाली नगरपालिकाबासी जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको स्थानिबासी रावलको भनाई रहेको छ् ।

यस्तै हस्ताक्षर अभियानमा सहभागी भएका अर्का स्थानिय खेम बहादुर थापाले सुख्खा बन्दरगाहा निमार्ण भएपछि समृद्धिको ढोका खुल्ने आफुले बुझेको बताएका छन् ।

बिगतका दिनहरुमा बिकासको मुलधारबाट पिछिडै आएको माहाकालीबासी सुख्खा बन्दरगाहा निमार्णले बिकासको फड्को मार्नेमा आफु विस्वस्त रहेको उनको भनाई रहेको छ् ।

सरकारले यथासिघ्र सुख्खा बन्दरगाहा निमार्ण कार्यलाई गती दिन समेत उनले आग्रह गरेका छन् । नेपाली काग्रेंस माहाकालीले माहाकाली नगरपालिकाको चाँदनी बजार, हेल्थपोष्ट चोक, बाबाथान बजार लगाएत स्थानमा हस्ताक्षर अभियान अघि बढाएको छ् ।

आगामी १० गते सम्म हस्ताक्षर अभियान संचालन हुने बताईएको छ् । माहाकाली नगरपालिकाको वडा तथा टोल–टोलबाट हस्ताक्षर संकलन पश्चात जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई पठाउने तयारी नेपाली काग्रेंसले गरेको छ् ।

माहाकाली नगरपालिका वडा नं. ७ (साविकको दोधारा गाविस) को कञ्चभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने सरकारले प्रस्ताव अघि सारेको हो । विरगञ्ज पछि माहाकाली नगरपालिकाको कञ्चनभोज क्षेत्र देशकै दोस्रो सुख्खा बन्दरगाह हुनेछ् ।

अहिलेको सरकारले निर्माणको प्रक्रियागत ढिलाई गर्दै सुख्खा बन्दरगाहा निमार्ण कार्य अन्य स्थानमा सार्ने आभाष भएको भन्दै माहाकाली नगरपालिकाको कञ्चनभोज क्षेत्रमा सुख्खा बन्दरगाहा निमार्ण कार्य तदारुकता साथ अघि नबढाए नेपाली काग्रेंस माहाकालीले चरणबद्ध दबाब तथा आन्दोलनको कार्यक्रम समेत तय गरिने नेपाली काग्रेंसका नेता तथा हस्ताक्षर अभियानका सदस्य बेल बहादुर रानाले जनाएका छन् ।

‘लामो समय देखी माहाकालीबासीलाई सुख्खा बन्दरगाहा निमार्ण हुन्छ भन्दै आश्वसान दिदै आएको बर्तमान सरकारले चाडो सुख्खाबन्दरगाहा निमार्ण कार्य सुरु नगरे हामीहरु चुप लागेर बस्दैनौ’ नेपाली काग्रेंसका नेता तथा हस्ताक्षर अभियानका सदस्य बेल बहादुर रानाले भने ।

महाकाली नदीमा ४ लेनको पक्की पुल, ६ लेनको पक्की बाटो, निमार्ण कार्य अघि बढीसकेको र सुख्खा बन्दरगाहा निमार्णको लागी हाल सम्म कुनै ठोस प्रकृया अगाडी नबढेको स्थानिहरुको गुनासो छ् ।

नेपाली काग्रेंसले संचालन गरेको हस्ताक्षर कार्यक्रम समाप्ती पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत नेपाल सरकारलाई हस्तान्तरण सहित चाडो सुख्खा बन्दरगाहा निमार्ण क्षेत्रको स्थान तोक्न र कार्य सुरु गर्न ज्ञापन पत्र बुझाउने कार्यक्रममा रहेको नेपाली काग्रेंस माहाकालीका उपसभापती चन्द्र सिंह बिष्टले जानकारी दिएका छन् ।

सुख्खा बन्दरगाहा निमार्णले माहाकाली नगरपालिका मात्रै नभई पुरै शुदुरपश्चिम क्षेत्रको बिकास र समृद्धि हुने बताउदै बर्तमान सरकारले भारत सरकारको उच्च तहका नेताहरु संग कुटनिती पहल गर्नु पर्ने नेपाली काग्रेंस माहाकालीका उपसभापती चन्द्र सिंह बिष्टले आग्रह गरेका छन् ।

अझै सम्म माहाकाली नगरपालिकाको कुन स्थानमा सुख्खा बन्दरगाहा निमार्ण गर्ने भन्ने समेत बर्तमान सरकारले निक्र्योल गर्न नसकेको उनको आरोप छ् ।

विश्व व्यापार नजोडिदा सम्म देशमा विकास हुन नसक्ने बताउदै नेकपा माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुले दैजी औद्योगिक क्षेत्र र माहाकालीको कञ्चनभोज सुख्खा बन्दरगाहलाई औद्योगिक करिडरका रुपमा विकास गरिने तयारी सरकारले गरेको बताएका छन् ।

माहाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा निमार्ण कार्य तत्काल सुरु हुनु पर्छ भन्नेमा आफु र आफ्नो पार्टी उक्त बिषयमा निकै क्रियाशिल रहदै आएको नेकपा माहाकालीका अध्यक्ष किशोर कुमार लिम्बुले बताउदै माहाकाली नगरपालिका क्षेत्रमा सुख्खा बन्दरगाहा निमार्णले नगरबासीको अहिलेको सरकार प्रति आशा र अपेक्षा समेत रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here