माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य सम्पन्न कहिले ?

काठमाडौं, ६ फागुन । दोलखा जिल्लाको लामाबगरमा अवस्थित राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गर्न केहि समय लाग्ने भएको छ ।

संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न हुने कार्यक्रम भए तापनि भूकम्प लगायतका कारणले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न हुने संशोधित अनुमान रहेको छ।

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेकोमा निर्माण अवधि लम्बिन गई संशोधित लागत करिब ४९ अर्व २९ करोड पुग्ने अनमान गरिएको छ।

यस आयोजनाको समीक्षा अवधि सम्मको सिभिल कार्यतर्फ ९९.५ प्रतिशत रहेको छ भने हाईडो मेकानिकल उपकरण जडानको कार्य ९५.८ प्रतिशत रहेको छ। इलेक्टो मेकानिकलतर्फ ९९.६ प्रतिशत जडान कार्य सम्पन्न भईसकेको छ।

चालु आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब बजेट विनियोजन भएकोमा समीक्षा अवधिमा ६६ करोड ६६ लाख खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३३.३ प्रतिशत खर्च भएका थियो। समीक्षा अवधिमा ६६.७ प्रतिशत खर्च भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here