प्रतितोला २०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ तोलाको ?

काठमाडौं, ६ फागुन । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

सोमवार प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ७०० रुपैयाँ कायम हुँदा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले नै बढ्यो ।

सोमवार प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ४०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन् । आज चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here