बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद छैनः ऊर्जामन्त्री पुन

काठमाडौं, ६ फागुन । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद नभएको बताएका छन् ।

मंगलवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पुनले बुढीगण्डकी आयोजनामा मुआब्जा विवाद नरहेको बताएका हुन् ।

मन्त्री पुनको अनुसार गोरखातर्फको ८० प्रतिशत र धादिङतर्फका ७० प्रतिशत जग्गा धनीहरुले मुआब्जा प्राप्त गरिसकेकाछन् ।

‘केही प्राप्त गर्ने क्रममा हुनुहुन्छ । निवेदन प्राप्त भइसकेका छन् । त्यसैले बुढीगण्डकी जलविद्युत आयोजना र डुबान क्षेत्रको मुआब्जा निर्धारणको विवाद अब रहेन । कुनै विवाद छैन,’ मन्त्री पुनले भने ।

आरुघाट, आरखेत र खहरे बजार क्षेत्रको पनि मुआब्जा निर्धारण गरेर वितरण सुरु भइसकेको उनले जानकारी दिए ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको क्रममा परेका गुनासोको समेत सम्बोधन हुने उनले बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here