नेप्से परिसूचक १४०० भन्दा माथी, २ अर्ब १२ करोडको कारोबार

काठमाडौं, फागुन ६ । मंगलवार शेयर बजार १४०० भन्दा माथि पुगेको छ । आज नेप्से परिसूचक १.७७ अंकले बढेर १ हजार ४००.०१ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १.०९ अंकले बढेर २ सय ९४.९५ अंकमा पुगेको छ ।

मंगलवार कारोबारमा आएका मध्ये बैकिङ्ग, ट्रेडिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो भने होटल, जलविद्युत, फाइनान्स, निर्जीवन बिमा कम्पनी, अन्य, लघुवित्त र जीवन बिमा समुहको सूचक घट्यो ।

आज सबैभन्दा धेरै सामुहिक लगानी कोष समुहको सूचक बढ्यो । सामुहिक लगानी कोषको सूचक १.९६ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको १.१५ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक १.७१ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युत समुहको १.६८ प्रतिशत घट्यो ।

मंगलवार १ सय ८१ कम्पनीको ५४ लाख ६८ हजार ४ सय ८३ कित्ता शेयर २० हजार ८ सय ५९ पटक किनबेच हुदाँ २ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट विकास बैंकको शेयर धनीले कमाए । बैंकको शेयर मूल्य ९.८७ प्रतिशत बढ्यो । त्यस्तै घलेम्दी हाइड्रोको ९.५२ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयर धनी छन् । लक्ष्मीको शेयर मूल्य ५.६८ प्रतिशत घट्यो । त्यस्तै, पाँचथर पावर कम्पनीको ४.५१ प्रतिशत घट्यो ।

म्ंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here