कोरोना भाइरसः मृत्यु हुनेको संख्या १८०० नाघ्यो, २० भन्दा धेरै देशमा भेटियो लक्षण

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १८०० भन्दा धेरै पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार चीनमा मात्रै कोरोनाको संक्रमण ७१ हजार भन्दा धेरै मानिसहरुमा लागेको छ ।

अहिले कोरोनाको संक्रमण चीन लगायत विभिन्न २० भन्दा धेरै देशमा पनि यसको लक्षण देखिएको छ ।

अन्य देशहरु हङकङ, मकाउ, जापान, सिंगापुर, थाईल्याण्ड, दक्षिण कोरिया, मलेसिया, ताइवाईन, भियतनाम, जर्मनी, अमेरिका, अष्ट्रेलिया, बेलायत, फ्रान्स, बेलायत, क्यानडा, इटाली भारत तथा अन्य देशहरुमा यसको लक्षण देखिएको छ ।

अनके कोशिस गर्दापनि हालसम्म कोरोना नियन्त्रणमा आउन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here