धनुषाधाममा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, ६ फागुन । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ करोबार सुरु गरेको छ ।

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले उक्त शाखा कार्यालयको मंगलबार औपचारिक रुपमा उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।

सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट आज एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here