खल्ती र भाटभटेनीबीच सम्झौता, अब एपबाटै मनी ट्रान्सफर सेवा

काठमाडौं, ६ फागुन । खल्ती डिजिटल वालेट र भाटभटेनीग्रुपबीच खल्ती एपबाट मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनालजंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।

सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केटतथा भाटभटेनीका देशैभरी रहेका २ हजार ५ सय भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत उक्त पैसा झिक्न सकिने कम्पनीले बताएको छ ।

यस सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।

यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here