काठमाडौं । आगामी शुक्रवार अर्थात फागुन ९ गतेको शिवरात्रीको लागि नेपाल आर्मीले रिहर्सल गरेको छ ।
नेपाली सेनाले शिवरात्रीका लागि गरेको रिहर्सलका कारण मंगलबार दिनभरिजसो आन्तरिक तथा बाह्य विमानहरु आकाशमा लामो समयसम्म होल्ड भएका थिए ।
नेपाली सेनाले शिवरात्रिलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ। शिवरात्रिमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि र प्याराजम्प गर्छ। दिउँसो २ बजेदेखि अपरान्ह पौने ५ बजेसम्म रिहर्सलको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
शिवरात्रीको लागि गरिएको तयारी हेर्नुहोस् फोटोः
फोटोः रुटिङ अफ नेपाल बन्द