बेलायतले स‌िप नभएकालाई भिसा नदिने

काडमडौं । बेलायती सरकारले सीप नहुने र कम सीप भएका कामदारलाई भिसा नदिने नयाँ योजना सार्वजनिक गरेको छ।

नयाँ योजनाअनुसार अब सरकारले रोजगारदातालाई युरोपका सस्ता कामदारमा ध्यान नदिन र कुशल कामदार खोज्न अनि प्रविधिको भरपुर उपयोग गर्न प्रोत्साहन गर्नेछ।

उक्त योजनामा ब्रिटेनका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न भनिएको छ।

योजनाअनुसार विदेशी कामदारले राम्रो अंग्रेजी बोल्नुपर्नेछ, सीप पुरा जानेको हुनुपर्नेछ भने प्रायोजकको स्विकृती लिएको हुनुपर्नेछ।

‘एडाप्ट एन्ड एडजस्ट’ नाम दिइएको कार्यक्रमअनुसार कामदारको सीप, भाषा र योग्यता मापन हुनेछ।

बेलायतबाहिरबाट आउने कामदारले अंग्रेजी जान्नुपर्ने र प्रयोजकबाट दक्ष कामको आव्हान हुनुपर्नेछ । यस अवस्थामा बेलायतमा कामदार बनेर भीसा पाउन चाहनेले ५० अंक प्राप्त गर्नेछ ।

कुल अंक ७० ल्याएमा मात्र कामदार भीसा पाउन सक्नेछ । आप्रवासीले उक्त अंक ल्याउन योग्यता, तलब, कामको क्षेत्र र आवश्यकता समेतलाई आधार मानिनेछ ।

कामदार भीसा पाउन अंकको आधार

प्रस्तावित अंक प्रणाली
अनिवार्य आवश्यकता
अनुमतिप्राप्त प्रयोजकबाट जागिरको आव्हान- २० अंक
ठिक दक्षताको तहमा जागिर- २० अंक
आवश्यकताको तहमा अंग्रेजी- १० अंक

तलबलाई अंक

२३०४० देखि २५५९९ पाउन्ड- १० अंक
२५६०० भन्दा माथि- २० अंक
थप अंक
अभाव भएको पेशाको जागिर- २० अंक
जागिरसम्बन्धि विषयको पीएचडी- १० अंक
सम्बन्धित स्टिम विषयमा पीएचडी- २० अंक

नयाँ योजना अन्तर्गत यूके आउनसक्ने सिप भएका कामदारहरूको सङ्ख्यामा सिमा भने तोकिने छैन।
-बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here