यसै महिना मिर्गौला प्रत्यारोपणको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यसै महिना मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेका छन् ।

यससंगै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिला गर्नुपर्ने स्वास्थ्य परीक्षण सुरू गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा नै मिर्गौला प्रत्यारोपण गर्नेगरी मुटु तथा हड्डीको परिक्षण गरिरहेका बताईएको छ ।

उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर मुटुको तथा ग्राण्डी अस्पतालमा हड्डीको परिक्षण गरेका थिए।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेपछि सातामा एक पटक मिर्गौलाको डायलासिस गरिरहेका छन् ।