ओपो रेनोटू एफ सार्वजनिकः यस्तो छ विशेषता, मूल्य कति ?

काठमाडौं, ७ फागुन । ओपोले नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ ओपोको रेनो सिरिज अन्तर्गत एउटा संस्करण हो ।

नेपालमा सार्वजनिक भईसकेको यो फोनमा विभिन्न प्रकारका सुविधाहरु रहेका छन् ।

यस्ता छन् विशेषताः

क्यामेरा

ओपो रेनोटू एफमा रहेको क्यामेराले दिन तथा रातमा पनि उत्कृष्ट सेवा दिने कम्पनीको दाबी छ । यसमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपीपोट्रेट लेन्स रहेका छन् ।

समान भिडियो क्षमता

ओपो रेनोटू एफले उत्कृष्ट तस्विर खिच्न सघाउनुका साथै समान भिडियो क्षमता पनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक छ ।

पप्(अप् क्यामेराः

रेनोटू एफमाकम्पनीले पप्(अप् क्यामेरालाई ह्याण्डसेटको मध्यभागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिने कम्पनीले बताएको छ ।साथै, यसमा उपलब्ध गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले सेल्फीमा विभिन्न मुड प्रदानगर्न सघाएको छ ।

स्क्रिनः

यसमा रहेको १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०*१०८० रिजोल्यूसन र ९१.१% स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनलाई सम्भावित क्षतिबाट जोगाउने सोचका साथमायसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्लाग्लासको प्रयोग गरिएको छ ।

रेनोटू एफमा आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रिमोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको कम्पनीको दाबी छ ।

ब्याट्री

कम्पनीका अनुसार यो फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था रहेको छ । नयाँ फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्ष रुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीले बताएको छ ।

फास्टर फिंगरप्रिन्ट अनलकिङ

रेनोटू एफमा ओपोले फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा अझ चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११ प्रतिशतसम्म तिब्र रहेको कम्पनीको भनाई छ ।

मूल्य

ओपो रेनोटू एफको मूल्य ४३ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यो फोन निलो र सेतो गरी दूई भिन्न रंगमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here