प्रिबजेट छलफलका लागि सांसद नै प्रदेश जाने

सात वटै प्रदेशमा अर्थ समितिले बजेटबारे सुझाव संकलन गर्ने

काठमाडौं, २५ चैत । प्रतिनिधिसभा, अर्थ समितिले बजेटबारे सरकारलाई ठोस निर्देशन दिन प्रिबजेट छलफल गर्ने भएको छ ।

सात वटै प्रदेशमा समितिका सदस्य र कर्मचारी पुगेर आगामी आर्थिक वर्षको बजेटका लागि ठोस सुझाव ल्याउने निर्णय भइएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार समितिले झापा, वीरगन्ज, जनकपुर, विराटनगर, हेटौडा, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा प्रीबजेट छलफल गर्नेछ ।

टोली बैशाख पहिलो साताबाट फिल्डमा खटिने र एक साता भित्रै सबै स्थानमा कार्यक्रम सम्पन्न गरिसक्ने लक्ष्य छ । त्यसपछि काठमाडौं फर्केर वृहत छलफल गरी सरकारलाई सुझाव दिइनेछ ।

बजेटमा सरकारलाई हस्तक्षेपकारी निर्देशन दिन आवश्यक भएकाले फिल्डमै पुगेर सुझाव संकलन गर्न लागिएको उनले जानकारी दिए । प्रिबजेट छलफलमा प्रदेशसभा सदस्य, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलाई सहभागी गराएर बजेटबारे सुझाव संकलन गरिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

अहिले सरकार बजेट निर्माणको तयारीमा छ । संघीय सरकारले १५ जेठसम्म बजेट ल्याइसक्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here