८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन कठिन

काठमाडौं, ८ फागुन । चालु आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन कठिन रहेको सरोकारवालाले बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र बाबुराम भट्टराई तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आर्थिक वृद्धिको लक्ष्यमा पुग्न कठिन रहेको बताएका हुन्।

पुँजीगत खर्च न्यून रहेका कारण आर्थिक वृद्धि कठीन रहेको उनिहरुको दाबी थियो । चालू आवको फागुन ५ सम्म ३३ प्रतिशतमात्र बजेट खर्च भएको छ ।

चालुु आर्थिक वर्षको ७ महिनामा सरकारले चालुतर्फको बजेट ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९.३३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५.१२ प्रतिशत खर्च गरेको छ।

समितिमा पूर्वअर्थमन्त्रीद्वयले पुँजीगत खर्चको अवस्था कमजोर रहेकोले आर्थिक वृद्धिको लक्ष्य पूरा हुनेमा आशङ्‌का व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here