चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापनमा कोका–कोला नेपालको सहयोग

चितवन, ८ फागुन । चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउनको लागि कोकोकोला नेपालले चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठुला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानिय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए ।

राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरुबाट पीईटी बोतलहरु नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ जहाँ रिसाइक्लर साथीले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ ।

कोका–कोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिंगको १००% बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ ।

‘फोहोर व्यवस्थापनको सन्दर्भमा विशेष गरी राष्ट्रिय निकुञ्जहरुको नदीहरुमा फोहोर फाल्ने मुद्दालाई सम्बन्धित अधिकारिहरुले कारबाही गर्नुपर्यो’, डब्लुडब्लुएफका तर्फबाट नेपालका प्रतिनिधि डा.घनश्याम गुरुङले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here