‘आइफोन ९’ सार्वजनिक गर्ने सोँचमा एप्पल, मूल्य कति ?

काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोन सिरिजको ‘आइफोन ९’ मार्च ३१ तरिखसम्मा सार्वजनिक गर्नसक्ने बताईएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमको अनुसार एप्पलले सार्वजनिक गर्न लागेको आइफोन एसई-टु लाई आइफोन ९ नाम दिने बताईएको छ ।

जर्मनको एक वेबसाइड आइफोन-टिकर डट डी को अनुसार एप्पलले एउटा कार्यक्र्रम गर्दै छ र त्यसका यो फोन सार्वजनिक गर्नेछ ।

मूल्य कति ?

रिपोर्टको अनुसार यस फोनको मूल्य ३ सय ९९ डलर (४६ हजार नेपाली) रहनेछ ।

यसअघि आइफोन ११ सार्वजनिक गरिसकेको एप्पलले एसई-टु लाई आइफोन ९ नाम दिएर सार्वजनिक गर्नसक्ने बताइएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here