श्रम मन्त्रालयलाई बजेट खर्च गर्नै सकस, ६ महिनामा ४.१ प्रतिशत खर्च

काठमाडौं, ९ फागुन । समयमै बजेट खर्च गर्न नसक्दा आलोचित हुँदै आएको सरकार यस पटक पनि यो आलोचनाबाट मुक्त हुने संकेत देखिएको छैन ।

सरकार समयमै बजेट खर्च गर्न अक्षम हुने संकेत चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा देखिएको छ । मन्त्रालयहरूले पुँजीगत बजेट खर्च गर्न नसक्दा सकस खेप्नु पर्ने देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको यस वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा सबैभन्दा बढी बजेट खर्च गर्नेमा युवा तथा खेलकुद मन्त्रालय रहेको छ।

सबैभन्दा कम बजेट खर्च गर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ।

सबैभन्दा कम बजेट खर्च गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ४.१ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो वर्ष श्रमलाई ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २६ करोड २३ लाख रुपैयाँमात्र खर्च भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here