काठमाडौं, ८ फागुन । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । ७० करोड कमिसन प्रकरणमा मुछिपछि बाँस्कोटाले राजीनमा दिएका थिए ।
यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ ।