सेयर बजारमा उत्साह, नेप्से झण्डै १० अंकले बढ्दा ९० करोडको कारोबार

काठमाडौँ, २५ चैत । केही दिन देखि लगातार बढ्दै आएको सेयर बजार सोमबार पनि बढेको छ  भने कारोबार रकममा पनि वृद्धि भएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.३२ अंकले वृद्धि भइ ११९१.६८ पुगेको छ । १७० कम्पनीका २९ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ९० करोड ६ लाखको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक १६७.५ अंकले बढ्यो, त्यस्तै निर्जीवन बीमा समूहको सूचक १५३ अंकले बढ्यो भने लघुवित्तको ३६.५१ अंकले बढ्यो ।

बैंक समूहको सुचक ४.९८ अंकले बढ्यो । अन्य समूहको सूचकमा पनि सामान्य वृद्धि हुँदा होटल र अन्य समूको सूचक भने घटेको छ ।

सोमबार सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ७ करोड ३८ लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा एनएमबी बैंकको ५ करोड ४२ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here