टेष्ट क्रिकेटमा कप्तान कोहलीले बनाए न्यूजिल्याण्डसँग सबैभन्दा थोरै रन बनाउने कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा न्यूजिल्याण्डसँग सबैभन्दा थोरै रन बनाउने कीर्तिमान बनाएका छन् ।

उनले विहिवार न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेलमा खराब कीर्तिमान बनाएर यस्तो रेकर्ड बनाएका हुन् ।

उनी न्यूजिल्याण्डसँगको पहिलो टेष्टको पहिलो इनिङ्समा ७ बलको सामना गर्दै २ रन मात्र बनाएर आउट भए ।

भारतीय कप्तानद्वारा न्यूजिल्याण्डमा खेलेको यो दोस्रो खराब प्रदर्शन हो । यसअघि कप्तानको रुपमा सौरव गांगुलीले पनि पहिलो टेष्ट पारीमा २ रन मात्र बनाउन सकेका थिए । अब विराटले पनि यस्तो खराब रेकर्ड आफ्नो नाममा बनाउन पुगेका छन् ।

भारतीय कप्तानद्वारा न्यूजिल्याण्डमा खेलेको टेष्ट म्याचको पहिलो पारीमा सर्बाधिक रन बनाउने कीर्तिमान पूर्वकप्तान मेहन्द्रसिंह धोनीको नाममा छ । उनले न्यूजिल्याण्डविरुद्ध पहिलो इनिङ्समा सर्बाधिक ४७ रन बनाएका छन् ।

न्यूजिल्याण्डमा एकै टेष्ट पारीमा सर्बाधिक रन बनाउने कप्तानको रुपमा सुनील गावस्करको नाम दोस्रो स्थानमा आउँछ । उनले न्यूजिल्याण्डमा कप्तानको रुपमा पहिलो इनिङ्समा अविजित ३५ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here