सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत २६ वर्ष मुनिका

काठमाडौं, १० फागुन । नेपालमा वर्षेनी सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

सडक र यातायातका साधनको नाजुक अवस्था अनि चालकको लापरबाहीले बढी दुर्घटना हुने गरेका छन् ।

विश्व बैंकको एक रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको छन् । कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको छ ।

उक्त प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालमा सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ। साँघुरो लेन र पैदलयात्रीका लागि सुविधा नभएका यी सडकहरूमा सबै प्रकारका सडक प्रयोगकर्ता

जस्तैः जनावर, पैदलयात्री, साइकल, रिक्सा, मोटरसाइकल, मिनी ट्रक, मिनी बस, ट्रक, कार तथा कृषिका सवारीहरू चल्ने गर्छन्। त्यसले दुर्घटनाको जोखिम उच्च बनाएको प्रतिवेदनमा उल्लेख छ।

टकहोल्ममा जारी सडक सुरक्षासम्बन्धी विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनको अवसरमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा आगामी २०३० सम्म नेपालको सडक दुर्घटना आधाले न्यूनीकरण गर्न ८ सय ८७ मिलियन (८७ करोड ९० लाख) डलर थप लगानी आवश्यक पर्ने उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०१७/१८ मा प्रति १ लाख जनसङ्ख्यामा ८.५९ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने परेको सरकारी तथ्याङ्क प्रतिवेदनमा उदाहरणको रूपमा प्रस्तुत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here