स्पेनिस ला लिगा: मेस्सीको जादुमय प्रदर्शनले बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, ११ फागुन । कप्तान लियोनल मेस्सीको जादुमय प्रदर्शनले बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। रियालले भने एक खेल कम खेलेको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा स्टार मेस्सीले खेलको पहिलो हाफमा नै ह्याट्रिक गरेका थिए ।

मेस्सीले पहिलो गोल खेलको १४ औं मिनेटमा गरे भने दोस्रो र तेस्रो ३७ औं र ४० औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे।

८७ औँ मिनेटम मेस्सीले व्यक्तिगत चौथो गोल गरे। बार्सिलोनाका लागि खेलको ८९ औँ मिनेटमा अर्थरले गोल ५–० को जित दिलाए। जितसँगै बार्सिलोना २५ खेलबाट ५५ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा २ अंकले अघि छ। पराजित इबर २४ अंकसहित लिगको १६ औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here