गल्छी-रसुवागढी सडक लक्ष्यभित्र पूरा गर्ने, विनियोजित बजेट ४० प्रतिशत खर्च

काठमाडौं, ११ फागुन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक लक्ष्यभित्र कालोपत्रे गर्ने तयारी थालिएको छ ।

चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई बढाउन र व्यापार सहजीकरण गर्न महत्त्वपूर्ण रहेको सडक खण्डलाई नेपाल-भारत-चीन त्रिदेशीय पारवाहन मार्गका रूपमा समेत निर्माण भइरहेको छ । सडक योजनाको काम ६० प्रतिशत भन्दा धेरै पूरा भएको छ ।

मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको निर्माण व्यवसायी संस्था तुण्डी कन्सट्रक्सने जनाएको छ ।

२०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको योजना रहेको छ ।

कुल ८२ किमि लम्वाई र ३० मि. चौडाइको सडक सीमा कायम गरिएको यस सडकको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ्ग खण्डमा ६ किमि सडक कालोपत्रे र ७.५ किमि ग्राभेल र ५.५ किमी सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ।

चालु आर्थिक वर्षमा यो आयोजनाको लागि १ अर्ब ५७ करोड ८६ लाख बजेट विनियोजन भएकोमा समीक्षा अवधिमा ६३ करोड ३५ लाख अर्थात लक्ष्यको ४०.१ प्रतिशत खर्च भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here