शिक्षक अभाव कम गर्न देशैभर शिक्षण स्वयंसेवक परिचालन गरिने, यस्तो छ कार्यविधि

काठमाडौं, ११ फागुन । देशभरका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव टर्ने भएको छ ।

जसको लागि सरकारले विभिन्न उपायहरु अपनाउन थालेको छ । सामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्न सरकारले शिक्षण स्वयंसेवक परिचालन गर्ने कार्यविधि तयार गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा समाविष्ट भएको उक्त विषय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले कार्यविधि निर्माण गरेको हो

शिक्षक विद्यार्थी अनुपात धेरै भएका, अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय का साथै प्राविधिक धारका विद्यालयमा त्यस्ता स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

शिक्षण स्वयंसेवक परिचालन तथा समन्यवकारी भूमिका निर्वाह गर्न शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय स्तरमा एक समन्वय तथा परिचालन समिति रहने कार्यविधिमा व्यवस्था छ ।

स्वयंसेवकको व्यवस्थापन सम्बन्धि सम्पूर्ण योजना तथा कार्यक्रम स्वीकृत गर्ने काम उक्त समितिले गर्ने छ । संख्या र शिक्षण विषयको पहिचानको जिम्मा पनि सोही समितिको हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here