लिबियामा हिंसा भड्कियो, २१ को मृत्यु

काठमाडौं, चैत २५ । लिबियामा जनरल खालिफा हफ्तर नेतृत्वको विद्रोही समूह ‘द लिवियन नेशनल आर्मी’ले त्रिपोली कब्जा गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको सहयोगमा गठित सरकार विरुद्ध आक्रमक कारवाही सुरु गरेपछि स्थिती तनावपूर्ण बन्दै गइरहेको छ ।

तनावग्रस्त स्थितीको कारण अत्यावश्यकिय सेवाहरु ठप्प भएको र धेरै मानिसहरु घर छोडेर हिँड्न थालेका छन् ।

राजधानी त्रिपोली नजिकै भएको भिडन्तमा २१ जना विद्रोहीको मृत्यु भएको र ३२ जना घाइते भएको सरकारले बताएको छ । शनिबार एक रेड क्रिसेन्ट डाक्टर नै मारिएका थिए ।

केही दिन अघिमात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही पक्ष बीच वार्ता भएको थियो । तर, वार्ता असफल भयो र विद्राहीले सैनिक कारबाही सुरु गरे ।

हफ्तरका लडाकुहरूले पूर्व्तिरबाट राजधानी त्रिपोली घेरिरहेका छन्।

संयुक्त राष्ट्र संघ समर्थित प्रधानमन्त्री फयल अल सराजले हफ्तरले ‘कू’ गर्न खोजेको आरोप लगाउँदै विद्रोहीलाई शहरभित्र पस्न नदिने बताएका छन्।

अहिले विद्रोही समूहको नेतृत्व गरिरहेका हफ्तर पूर्व्लिवियाली सैनिक अधिकारी हुन्। उनले गद्दाफीलाई राजा इदरिस प्रथम विरूद्ध ‘कू’ गर्दा सहयोग गरेका थिए ।

पछिल्लो समय अमेरिका निर्वासित भएका उनले गद्दाफी मारिएपछि सन् २०१४ मा उनले अमेरिकाबाटै ‘कू’को घोषणा गरे । उनको त्यो ‘कू’ प्रयास असफल भए पनि सत्ता हत्याउन लागिपरेका छन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here