धितोपत्र बजारः नेप्से परिसूचक साढे ६९ अंकले बढ्दा एकैदिन ३ अर्ब ६० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन नै नेप्से परिसूचकमा उछाल देखिएको छ । आइतवार नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४.१४ अंकमा पुगेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ४.८५ प्रतिशत बढी हो ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १७.०७ अंकले बढेर ३ सय १७.५० अंकमा पुगेको छ ।

आइतवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ८.२५ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्ग समुहको ७.१५ प्रतिशत, अन्य समुहको ३.४२ प्रतिशत बढ्यो चने अरु समुहको पनि राम्रै अंकले बढ्यो ।

इतिहासकै सबैभन्दा धेरै कारोबार

आइतवार कारोबारमा पनि नयाँ रेकर्ड कायम भएको छ । योभन्दा अघि गत विहिवार कुल २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर ३० हजार ४ सय ५६ पटक किनबेच हुदाँ ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यो रकम आजसम्म शेयर बजारमा करोबार भएको मध्ये सबैभन्दा धेरै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here