आइपीएल २०२०ः कुन कप्तानको तलब कति ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) यही मार्च २९ तारिखबाट सुरु हुदैछ । यो आइपीएलको १३ औं संस्करण हो ।

आइपीएलको पहिलो खेलमा साविक विजेत मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग भिड्दैन् । आइपीएलमा करोडौं रकमको लगानी रहेको हुन्छ । आइपीएलमा खेलाडीको लागि पनि धेरै खर्च गरिन्छ ।

आइपीएलका कप्तानले कति तलब खान्छन् त ? यस्तो छ कप्तानको तलब

१. रोहित शर्मा

रोहित शर्मालाई आइपीएलको सबैभन्दा सफल कप्तान मानिन्छ । उनको कप्तानीमा मुम्बई इन्डियन्सले ४ पटक आइपीएलको उपाधि जितिसकेको छ । मुम्बईको लागि १११ म्याच खेल्दा ६५ खेलमा जित निकालेका राहितलाई मुम्बईले आइपीएल २०२० को लागि १५ करोड दिएको छ ।

२.स्टिभ स्मिथ

अष्ट्रेलिया क्रिकेट टीमका पुर्व कप्तान स्टार क्रिकेटर स्टिभ स्मिथले सन् २०१० मा पहिलो पटक रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका थिए । उनी आइपीएल २०२० मा राजस्थान रोयल्सबाट कप्तानको रुपमा खेल्दै छन् । कप्तान स्मिथलाई राजस्थानले १२ करोड भारु दिएको छ ।

३. महेन्द्रसिंह धोनी

आफ्नो कप्तानीमा धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक आइपीएल उपाधि जितिसकेका छन् । आइपीएलको १० सिजनमा सीएसकेले १ सय ६५ म्याचमा १०० खेल जितेको छ । आइपीएल २०२० का लागि सीएसकेबाट धोनीले १५ करोड भारु पाएका छन् ।

४. विराट कोहली

विराट अन्तर्राष्ट्रिय क्रिकेटमा सफल कप्तानका रुपमा चिनिन्छन् । तर, आइपीएलमा भने उनी सफल हुन सकेका छैनन । विराट सन् २०१३ देखि आरसीबीको कप्तानमा रहिरहेका छन् । विराट आइपीएलमा सर्बाधिक तलब पाउने कप्तान हुन् । आइपीएल २०२० का लागि उनलाई आरसीबीले १७ करोड भारु तलब दिएको छ ।

५. केन विलियम्सन

अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्याण्ड टीमको नेतृत्व गर्ने केन विलियम्सनलाई सनराइजर्स हैदरावादले २०१५ को सिजनमा टीममा अनुबन्ध गरेको थियो । आइपीएल २०२० मा हैदरावादले विलियम्सनलाई ३ करोड भारु ‘स्यालरी’ दिएको छ ।

६. दिनेश कार्तिक

भारतीय टीमका विकेटकीपर–ब्याट्सम्यान दिनेश कार्तिकले हालसम्म आइपीएलमा ६ टीमबाट खेलिसकेका छन् । मार्च २९ देखि सुरु हुने आइपीएल १३ औँ सिजनका लागि केकेआरले कार्तिकलाई ७ करोड ४ लाख भारु तलब दिएको छ ।

७ श्रेयस अय्यर

श्रेयस आइपीएल इतिहासका सबैभन्दा युवा कप्तान हुन् । २०१८ मा दिल्ली क्यापिटल्सले गौतम गम्भीरलाई हटाएर अय्यरलाई कप्तान बनाएको थियो ।दिल्ली गत संस्करणमा ७ वर्षपछि सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । दिल्लीले कप्तान अय्यरलाई ७ करोड भारु दिएको छ ।

८. लोकेश राहुल

आइपीएलको गत संस्करणमा किंग्स इलावेन पन्जावका विकेटकीपर–ब्याट्सम्यान लोकेश राहुलले शानदार प्रदर्शन गरे । उनले गत सिजनमा १४ म्याचमा ५३.९० को औसतमा ५ सय ९३ रन बनाएका थिए । जसमा राहुलको ६ अर्धशतक सामेल थियो ।

उनलाई ९ करोड भारु दिएर पन्जावले आइपीएल २०२० का लागि टीमको कप्तान बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here