माहाकाली नगरपालिकाका कर्मचारीद्धारा ‘पेन डाउन’

पप्पु गुरुङ्ग, दोधारा ११ फागुन । माहाकाली नगरपालिकाका कर्मचारीहरुले आइतबारदेखी अनिश्चितकालिन ‘पेन डाउन’ सुरु गरेका छन् ।

गत विहिवार माहाकाली नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र शुशिला थापाको घरमा आन्दोलनकारीले तोडफोड गरेको बिषयमा गम्भिर भएको र आफुहरु सुरक्षित नभएको भन्दै पेनडाउन सुरु गरेको संयोजक भान देब भट्टले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिका कार्यालयमा भएको तोडफोडको बिरोध स्वरुप शान्ती सुरक्षाको माग राख्दै कर्मचारीबाट काम काज बन्द गरि अनिश्चितकालिन धर्ना कार्यक्रम तय गरिएको बताईएको छ् ।

माहाकाली नगरपालिका कार्यालयमा तोडफोड र एक कर्मचारीमा भएको सांघातिक हमलाले आफुहरुलाई त्रासको बाताबरण श्रजना भएको बताउदै माहाकाली नगरपालिका कार्यालयका कार्यक्रम संयोजक भानदेब भट्टले कर्मचारीहरुको लागि शान्ति सुरक्षाको ग्यारेन्टी नलिए सम्म आन्दोलन जारी रहने बताएका छन् ।

उनिहरुले आज माहाकाली नगरपालिका कार्यालय परिसरमा बसेर दिनभरी धर्ना दिएका थिए । नगरपालिकामा बुधवार भएको तोडफोडको विरोध स्वरुप शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेको प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताए ।

‘नगरपालिकाको काम काज छोडेर शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन्’ उनले भने, ‘स्वस्फुर्त रुपमा कर्मचारीहरु धर्नामा बसेका छन्, शान्ति, सुरक्षाको प्रत्याभुति हुनु पर्ने मा“ग छ ।’ उनका अनुसार नगरपालिकाका १० वटै वडा सहित नगरपालिकामा कार्यरत ४० जना कर्मचारी धर्नामा बसेका छन् ।

कर्मचारीहरु आन्दोलित भएपछि नगरपालिकाको दैनिक कामकाज प्रभावित भएका छन् । विभिन्न कामकाजका लागि नगरपालिकाका पुगेका सेवाग्राहीहरु घर फर्किएका छन् ।

८ गतेका दिन दिउसो करिब २ बजे नगरपालिकामा कुनै पुर्व सुचना नदिई ठुलो संख्यामा आउको एक समुहले कार्यालय भित्र प्रबेश गरि कार्यालयका भौतिक सम्पती तोडफोड गरेका थिए ।

साथै कर्मचारी तथा कार्यालयमा ढुङ्गामुढा गरि यस कार्यालयका कार्यालय सहयोगी शिवराज भट्टको टाउकोमा चोट लाग्नुका साथै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुलाई जिउ ज्यान जोगाउन कठिन भएकोले पुर्णरुपमा शान्ती सुरक्षाको प्रत्याभुती नहुदा सम्म कार्यालयको दैनिक कार्य संचालन गर्न नसकिने ब्यहोरा श्रीमान प्रमुख प्रशासकिय अधिकृतज्यु मार्फत कार्यपालिकामा जानकारी गर्ने निर्णय गरियो’ माहाकाली नगरपालिकाका कर्मचारीको बैठकमा भनिएको छ् ।

कर्मचारीहरुले कामकाज ठप्प पारेर धर्नामा बसेपछि माहाकाली नगरपालिका कार्यालय नगरपालिकाको आपतकालिन बैठक संचालन गरिएको थियो ।

सेवाग्राहीको समस्यालाई बुझेर धर्नाको सम्बन्धमा बसेको नगरकार्यपालिकाको बैठकले सोमवार जनप्रतिनिधी, सर्वदलिय लगाएत सुरक्षाकर्मी सम्मलित बैठक बसी समस्याको समाधान गरिने माहाकाली नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

केही दिन अघि माहाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएर मृत्य अवस्थामा भेटिएका थिए । मृतक शंकरका सौतनी आमा सुशीलाले बारम्बार मानसिक तनाव दिएको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट रु। २५ हजार धरौटीमा गए बुधवार छुटेकी थिइन् । बिहिवार आकस्मत आएको बिद्यार्थी सहित आएको भिडले उग्ररुप लिएपछि नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र शुशिला थापाको घर तोडफोड गरि ब्यापक क्षती तुल्याएको हो ।

माहाकाली नगरपालिका नगरपालिकाको बैठकले तोडफोड गरेको बिषयमा गम्भिर भएको भन्दै घोर भ्रत्र्सना गर्दै सार्वजनिक तथा निजी सम्पत्तीमा भएको हानी नोक्सानीको मुल्यांकन गरि उक्त कार्यमा संलग्न ब्यक्तीबाट क्षतीपुर्ती असुल उपर गरिने बिज्ञप्ती मार्फत जनाएको छ् ।

यता नेपाली काग्रेंस माहाकालीले माहाकाली नगरपालिकामा भएको आन्दोलनको नाममा अराजकतत्वले सार्वजनिक सम्पती तथा निजी सम्पतीको क्षती पु¥याएको बिषयमा गम्भिर भएको जनाएको छ् ।

राजनितिक पुर्वाग्रही भई समाजको शँन्तीलाई खलबल्याउने अराजकतत्वका मुख्य नाईकेलाई कानुनी कठघरमा ल्याई हदै सम्म कार्वाही गर्न समेत नेपाल सरकारलाई माग गरेको नेपाली काग्रेंस माहाकालीका नगर सचिव राजेन्द्र मल्ल हस्तक्षर गरेको विज्ञप्तीमा जनाईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here