फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता

पोखरा, १२ फागुन । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो डुंगा पल्टिँदा काठमाडौंमा घुम्न गएका काठमाडौं महानगरपालिका-१०, कपनका रामशरण लुइँटेल बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी राखिएको छ।

काठमाडौंबाट घुम्न गएका तीनजना दिउँसो १ बजे डुंगा चढेका थिए। प्रहरीका अनुसार त्यसको केहीबेरपछि नै डुंगामा पानी भरिएपछि पल्टिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here