‘कमेडी च्याम्पियन’ को ग्रान्डफिनाले सोल्टीमा

काठमाडौं, १३ फागुन । कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते होटल सोल्टी हुने भएको छ ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच प्रतिस्पर्धा हुनेछ । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here