ट्रम्पको भारत भ्रमण: एक मिनेटमा ७५ लाख खर्च, ‘मेनुु’मा समोसा

काठमाडौं, १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलेनियाको जारी भारत भ्रमण भारतलाई महँगो परेको छ ।

उनको स्वागतका लागि आयोजित रोड शोमा पनि अत्यधिक खर्च भएको छ।

ट्रम्पको मेनुमा समोशा राखिएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पको ‘मेनुु’मा समोशा पाएपछि त्यसको विरोध हुन थालेको छ।

मेनुमा ब्रोकली समोशा राखिनु असंवैधानिक भएको भन्दै विरोध भएको हो।

वाशिङ्टनपोस्टका लेखिका बर्खा दत्तले ट्‍वीटमार्फत् ब्रोकली समोशा कसैले नखाएको उल्लेख गरेपछि यसबारे सामाजिक सञ्जालमा विरोध सुरु भएको थियो।

एक अनुमानअनुसार ट्रम्पको सुरक्षाका लागि भारतले एक मिनेटमा ७५ लाख खर्च गरेको छ। उनको भ्रमणका क्रममा अहिलेसम्म एक सय साठी करोड खर्च भैसकेको छ।

डोनाल्ड ट्रम्पले अहमदाबादको मोटेरा स्टेडियममा कुल साँढे तीन घण्टा बिताउनेछन्। यसका लागि ३० हजार सुरक्षकर्मी खटाइएको छ। उक्त स्थानमा सडक मर्मतका लागि मात्र भारत सरकारले ९६ करोड खर्च गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here