सचिन तेन्दुल्करको नाम लिन नजान्दा ट्रोल बने अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प दुईदिने भारत भ्रमणमा छन् ।

भारत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले सोमवार अहमदाबादको मोटेरा स्टेडियममा भाषण दिएका थिए । भाषण गर्ने क्रममा उनले भारतका पर्व क्रिकेट खेलाडी सचिन तेन्दुल्करको नाम बिगारेर उच्चारण गरेसंगै उनी ट्रोल बनेका छन् ।

उनले सचिन तेन्दुल्कर भन्नुपर्नेमा सुचिन भनेर उच्चारण गरेसंगै उनी ट्रोल बनेका हुन् ।

ट्रम्पको उच्चारण गलत भएसंगै आईसीसीले पनि ट्विट् गर्दै सचिनको नाम के हो भनेर सोधेको थियो ।

ट्रम्पले सोमवार अहमदाबादको क्रिकेट मैदानमा १ लाख भन्दा धेरै मानिसहरुको बिचमा भाषण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here