गुल्मीमा महालक्ष्मीको बीमा जागरण

काठमाडौं, २५ चैत । महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुल्मी जिल्लाको तम्घासमा बीमा जनचेतना कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा सहभागीलाई बीमा तथा नेपालमा बीमाको अवस्थाबारे विस्तृतमा जानकारी दिइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी इन्स्योरेन्सको वर्तमान र भावी योजना, बीमा अभिकर्ताको काम कर्तव्य तथा जीवन बीमाका फाइदाहरुबारे जानकारी दिएका थिए ।

कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काँग्रेसका महेन्द्र भण्डारी, रेसुंगा नगरपालिकाका अखिलेश्वर पाण्डे, उद्योग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डे, जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवर र लोक दोहोरी प्रतिष्ठानका वैकुण्ठ महतलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here