दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट- नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा, १३ फागुन । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले दुई तिहाईको सरकार ईतिहासकै भ्रष्ट सरकार भएको बताएका छन् ।

देशमा दुई तिहाइको सरकार आएपछि स्थानीय स्तर देखि केन्द्र सम्म भ्रष्टाचार ब्याप्त बनेको बताउदै अहिलेको सरकार पुर्णरुपमा फेल भएको नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको भनाई रहेको छ् ।

माहाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा निमार्णको लागी दबावका लागी नेपाल सरकारको ध्यान आकर्षण गराउन दबावमुलक कार्यक्रम अन्तर्गत हस्ताक्षर संकलन कार्यको अन्तीम दिन माहाकाली नगरापलिका पुगेका नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखकले महाकाली झोलुङ्गे पुलमा आयोजित सुख्खा बन्दरगाहा निमार्णको दबाव स्वरुप हस्ताक्षर संकलनको अन्तिम दिनमा यस्तो बताएका हुन् ।

सरकार सञ्चालक र ठूला दलका नेताका कारण अहिले स्थानीय तह देखि केन्द्र सम्म भष्ट्राचार मौलाएको उनको भनाई रहेको छ् ।

अहिले नेपालमा त्रिकोणात्मक रुपमा देशलाई लुट्ने काम भईरहेको उनको आरोप छ । ठूला नेता, व्यापारी र कर्मचारीको गठबन्धनमा लोकतन्त्रको आडमा देशमा लुटतन्त्र भईरहेको उनले बताए । उनले ‘ठूला नेता, व्यापारी र कर्मचारीको सेटिङमा देशमा मनलाग्दो गर्ने काम भइरहेको टिप्पणी गरे ।

दुई तिहाईको सरकारले देशमा लुटतन्त्र हाबी बनाईरहेको अवस्थामा माहाकाली नगरपालिकामा सुख्खा बन्दरगाहा निमार्ण कार्य रोकिने खतरा बढेर गएको भन्दै नेपाली काग्रेंसले सरकारलाई दबाव स्वरुप माहाकाली नगरपालिकाका १५ हजार स्थानियको हस्ताक्षर संकलन सहित बिज्ञप्ती दिने निर्णय गरेको उनको भनाई रहेको छ् ।

सुख्खा बन्दरगाहा नितान्तै नेपाली काग्रेंसले उठाएको एजेन्डा संग महाकाली नदीमा ४ लेनको पक्की पुल, ६ लेनको सडक, माहाकाली नगरपालिकाको पत्थर नालामा निमार्ण भएका पक्की पुल नेपाली काग्रेंसको सरकारको पालामा संचालन भएका योजना रहेको बताउदै बर्तमान सरकारले सिन्को पनि भाँच्न नसकेको र बरु सरकारले आफ्ना कार्यकर्ता पोस्ने र भ्रष्टाचारमा आफुहरु संलग्नता हुने कार्यमा अग्रसर भएको नेता लेखकले बताएका छन् ।

‘हामीले महाकाली नगरपालिकामा ४ लेनको पक्की पुल, ६ लेनको पक्की सडक, त्रिदेशिय नाका र सुख्खा बन्दरगाहाको सुरुवात गर्दै गर्दा माहाकाली नगरपालिकामा सडक संजाल जोड्दै गर्दा, बिद्युत्त सेवा बिस्तार गर्दै गर्दा आजका माननियहरु जंगलमा बसेर मान्छे मारेर बम पड्काउदै हुनुहुन्थ्यो ।

कतिपय हामीले बिकास निर्माणका काम हामीले गरेका हौ, भन्ने नेकपाका साथीहरु त्यत्तीबेला पुस्तक का“धमा हालेर स्कुल हो कि कलेज जादै हुनुहुन्थ्यो’ नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले भने । माहाकाली नगरपालिका क्षेत्रमा बिकास र समृद्धि गर्ने खाका नेपाली काग्रेंसले गर्दै आएको बताउदै अहिलेको सरकारको काम गराई प्रति जनतामा निकै नैरेश्यता छाएको बताउदै नेता लेखकले बर्तमान सरकारको तानाशाही व्यवस्थालाई बिफल बनाउन अब नेपाली जनता जाग्नु पर्ने बेला आएको नेता लेखकको भनाई रहेको छ् ।

नेपाली काग्रेंस माहाकालीका सभापती डम्मर चन्दको सभापतित्वमा संचालन भएको सुख्खा बन्दरगाहा निमार्णको दबाव स्वरुप हस्ताक्षर संकलन कार्यको अन्तिम दिन माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको महाकाली झोलु¨े पुलको कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखक रहेका थिए ।

कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्य यज्ञराज जोशी, नेपाली काग्रेंस जिल्ला सभापती हरि बोहरा, जिल्ला सचिव दिवाकर पाण्डे, जिल्ला कार्य समिति सचिव ईश्वरी जोशी, जिल्ला कार्य समिति कोषाध्यक्ष शंकर बहादुर चन्द, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधी बेल बहादुर राना लगाएत नेपाली काग्रेंस माहाकाली नगर कार्य समिति पदाधिकारी स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखकले गए ८ गते माहाकाली नगरपालिका कार्यालय र मृतक शंकर थापाको घरमा भएको घरको तोडफोड र आगजनीको अनुगमन समेत गरेका छन् । आजै सुख्खा बन्दरगाहा निमार्णको लागी दबावका लागी नेपाल सरकारको ध्यान आकर्षण गराउन दबावमुलक कार्यक्रम अन्तर्गत संकलित १५ हजार स्थानियहरुको हस्ताक्षर सहित ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत नेपाल सरकारलाई बुझाईएको नेपाली काग्रेंसले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here