सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं, १४ फागुन । अर्थमन्त्री युवराज खतिवडा सरकारको प्रवक्तामा नियुक्त भएका छन् । तत्कालिन मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि रिक्त रहेको स्थानमा खतिवडालाई प्रवक्ता नियुक्त गरिएको हो ।

खतिवडाले संचार मन्त्रालयको जिम्मेवारी पनि केहीदिन नै पाएका थिए । मन्त्री खतिवडाले विहिवार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here