शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना सार्वजनिक गर्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ,, कम्प्युटर इन्जिनियरिङ, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान विषय रहेका छन् । अन्य नजिताहरु क्रमिक रुपमा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

सार्वजनिक विषयको नतिजा यहाँबाट हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here