अमेरिकी सैनिकमा पनि देखियो कोरोना भाइरसको लक्षण

काठमाडौं । दक्षिण कोरियाको क्यारोल क्याम्पमा रहेका एक अमेरिकी सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण बढी रहेको थेगु शहरबाट ३० किलोमिटर उत्तरमा रहेको उक्त क्याम्पमा रहेका २३ वर्षका ती सैनिकमा कोरोना भाइरस रहेको बुधवार पुष्टि भएको हो।

उक्त क्याम्पमा २८ हजार अमेरिकी सेना रहेका छन् ।

बुधबारसम्म दक्षिण कोरियामा कोरोना भाइरसको कारण ११ जनाको मृत्यु भएको छ भने १ हजार १ सय मानिस संक्रमित छन्।

चीनमा मात्र कोरोनाको संक्रमणबाट २७ सयको मृत्यु भइसकेको छ भने ७८ हजार मानिस संक्रमित छन्।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here