वारेन बफेटले छोडे सामसुङको फ्लिपफोन, कुन मोबाइल बोक्छन् ?

काठमाडौं । अमेरिकी शहर ओमाहाको नेब्रास्कामा ३० अगस्त १९३० मा जन्मिएका वारेन बफेटका विश्वका चौथो धनी व्यक्तिको रुपमा परिचित छन् । वारेन बफेटको एप्पल कम्पनीमा लगानी रहेको छ । तरपनि उनी कुनै स्मार्टफोन प्रयोग गर्दैनन्।

एप्पलको फोन प्रयोग गर्नु सट्टा बफेटले सामसुङको सामान्य फोन प्रयोग गदै आएका थिए । अहिले त्यो फोनको बजार मूल्य २० डलर देखि ३० डलर मात्र पर्दछ। आफूले बोकिरहेको २० डलरको सामसुङको फ्लिपफोन छोडेर केही महिनादेखि ‘आइफोन ११’ प्रयोग गर्न थालेका छन्।

उनले एक अन्तर्वार्तामार्फत आफ्नो सादगीपूर्ण जीवनका लागि परिचित बफेटले यो आइफोन आफूले किनेको नभइ उपहारमा प्राप्त गरेको बताएका छन्। उनलाई प्राप्त भएको आइफोन एप्पलका सिइओ टिम कुकले उपहारमा दिएका हुन्।

‘८९ वर्षको उमेरमा म अहिले आइफोन ११ प्रयोग गर्दैछु। म यस आइफोनमा रहेका सम्पूर्ण सुविधा प्रयोग गर्न असमर्थ छु,’ उनले भनेका छन्, ‘म यसको प्रयोग गेम खेल्न तथा सोसल मिडिया चलाउनका लागि नभइ केवल फोनका लागि मात्र प्रयोग गर्नेछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here