‘निजगढ विमानस्थलले २० वर्षमा ८२ अर्बभन्दा धेरै कमाइ गर्छ’- क्यान

काठमाडौं, १४ फागुन । नेपाल उड्डयन प्राधिकरण (क्यान)ले अबको २० वर्षमा निजगढ अन्तराष्ट्रिय विमानस्थलबाट २० वर्षमा ८२ अर्बभन्दा धेरै कमाई गर्ने बताएको छ ।

क्यानले प्रारम्भिक अध्ययनबाट तयार पारेको प्रतिवेदनले सन् २०२५ सम्ममा उक्त विमानस्थलको पहिलो चरणको काम सकिएर उडानयोग्य भएमा पहिलो वर्षमै १ लाख ३ हजारभन्दा बढी उडानबाट २३ अर्बभन्दा धेरै कमाई गर्नसकिने समेत देखाएको छ ।

२० वर्षमा ८२ अर्बभन्दा धेरै कमाइ

यसका साथै सेवा सुरु गरेको २० वर्षभित्रमा विमानस्थलले कुल ४ लाखभन्दा धेरै उडानबाट ३ करोडभन्दा धेरै यात्रु ओराल्दै ८६ अर्बभन्दा धेरै कमाई गर्ने समेत प्रतिवेदनले देखाएको छ ।

हाल नेपालमा रहेको एकमात्र अन्तराष्ट्रिय उडान गरिरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वार्षिक कमाइ अथवा नाफा सरदर ५ अर्ब भएकोमा निजगढले त्यो भन्दा धेरै मात्रामा नाफा दिने समेत प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७१/७२ मा शुरु भई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने अपेक्षा गरिएकोमा संशोधित कार्य तालिका अनुसार आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गने लक्ष्य रहेको छ। यस आयोजनाको कुल अनुमानित लागत १ खर्ब २० अर्ब रहेको छ।

लगानी बोर्डबाट आयोजना निर्माण मोडालिटिको बारेमा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाका लागि चाल आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५० करोड बजेट विनियोजन भएकामा समीक्षा अवधिसम्म खर्च भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here