इपीएल २०२०ः भैरहवा ग्लाडियटर्सको प्रशिक्षक पुबुदु दासानायके

काठमाडौं । नेपाली क्रिकेट टिमको सफल प्रशिक्षक बनिसकेका पुबुदु दासानायकेले यसपटकको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको लागि प्रशिक्षण गर्ने भएका छन् । ्

यहि चैत १ बाट त्रिवि क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिगको लागि दासानायकेलाई भैरहवाले मुख्य प्रशिक्षकको रुपमा भित्र्याउन लागेको हो ।

दासानायके नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भएर २०१३ मा नेपाल आएका थिए। नेपाली क्रिकेट इतिहासमा सबैभन्दा सफल प्रशिक्षक मानिएका उनी नेपाल आउँदा नेपाल डिभिजन थ्रीमा थियो ।

त्यो टिमलाई सम्हालेका दासानायकेले २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कपसम्म पुर्याएका थिए ।

भैरहवाका कप्तान शरद भेषवाकर रहेका छन् । दासानायके श्रीलंकाली मुलका क्यानेडियन नागरिक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here