काठमाडौं । भारतको राजधानी दिल्लीको उत्तर पुर्वमा भएको हिंसामा मृतकको संख्या ३४ पुगेको छ ।
विहिवार विहानसम्म मृतकको संख्या २७ रहेको थियो तर, हिंसामा गम्भीर घाइते भएका ७ जनाको अस्पतालमै मृत्यु भएसगै मृतकको संख्या ३४ पुगेको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।
हालसम्म ५० प्रहरीका साथै २०० भन्दा धेरै मानिसहरु घाइते भएका छन् ।