फेरी बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, १५ फागुन । लगातार दुईदिन घटेको सुनको मूल्य विहिवार फेरी बढेको छ । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ७९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा विहिवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले नै बढ्यो ।

बुधवार प्रतितोला ७९ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७९ हजार ४०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्यो । आज चाँदीको मूल्य प्रतितोला ९ सय रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here