‘नेपाली उद्योगलाई प्रोत्साहन गर्न किताबमा कर लगाईएको हो’: अर्थमन्त्री खतिवडा

काठमाण्डौं, १५ फागुन । अर्थ, सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले नेपाली प्रेस उद्योगलाई प्रोत्साहन गर्नको लागि विदेशी पुस्तकमा कर लगाईएको बताएका छन् ।

विहिवार सरकारको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले उक्त कुरा बताईएका हुन् ।

‘कर बढाईयो भन्दापनि कर किन बढाईयो भनेर बुझ्न जरुरी छ’ उनले भने, ‘नेपालका उद्योगले हरेक क्षेत्रमा कर तिर्ने तर, विदेशबाट आएका किताबमा किन कर नलगाउने भन्दै नेपाली उद्योगलाई प्रोत्साहन गर्नको लागि विदेशी किताबमा कर लगाईएको हो ।’

यसका साथै खतिवडाले संसारका हरेक देशमा कम्तिमा पनि ५ प्रतिशत विदेशी किताबमा कर लगाएको समेत बताए ।

स्वदेशको हरेक क्षेत्रलाई कर लगाउने विदेशी सामानमा किन नलगाउने प्रश्न पनि उठ्ने भएको कारण पनि कर लगाईएको उनले बताए ।

‘स्वदेशको उद्योगले कच्चा पदार्थ देखि हरेक कुरामा कर तिर्नुपर्छ भने विदेशी पुस्तकलाई किन सित्तैमा ल्याउन दिने’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here