कोरोना आतंक: संक्रमणको आशंकामा कुकुरपनि क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमणले विश्वभर त्रास फैलाएको छ । विभिन्न देशमा गरि २८ सय भन्दा धेरैको मृत्यु कोरोनाको कारणबाट भैसकेको छ ।

हङकङमा घरपालुवा कुकुरलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको आशंकामा क्वारेन्टाइन्मा राखिएको छ ।

कोराना भाइरस संक्रमण ‘केही पोजेटिभ’ देखिएपछि कुकुरलाई कृषि, मत्स्यपालन तथा संरक्षण विभागको जिम्मा लगाइएको छ। विभागका अनुसार कुकुरको मुख, नाक तथा दिसाको प्रारम्भिक परीक्षण गरिएको थियो।

तर, कुकुरमा मानिसलाई जस्तो कुनै लक्षण नदेखिएको बताइएको छ। विभागले घरपालुवा कुकुरबाट मानिसमा कोरोना संक्रमण हुन सक्छ भन्ने कुनै प्रमाण नरहेको स्पष्ट पारेको छ।

विभागले भनेको छ, ‘कुकुरलाई निगरानीमा राखिएको छ। थप नमुना संकलन गरी परीक्षण गरिनेछ । कुकुरको मुख र नाकमा वातावरणीय प्रभावको संक्रमण हो वा कोरोना नै संक्रमण हो निश्चित गरिनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here