नेपाल कोरोना भाइरस उच्च जोखिमको सूचीमा

काठमाडौं, १६ फागुन । नेपाल कोरोना भाइरसको उच्च जोखिममा भएको देशमा सूचीमा परेको छ ।

विश्व स्वास्थ्य संगठनले बिहिबार जारी गरेको कोरोना भाईरसको उच्च जोखिम भएको देशको सूचीमा नेपालपनि परेको हो ।

विश्व स्वास्थ्य संगठनको बैठकले नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकमा उच्च जोखिम भएको राष्ट्रको सूचीमा राखेको हो ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका , दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here