सन्दीप टी-२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं, १७ फागुन । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरेका हुन् ।

सन्दीपपछि नेपालको लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी वसन्त रेग्मी हुन् । रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् ।

कुन लिगमा कति विकेट लिए ?

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म १०१ विकेट लिइसकेका छन ।

विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी २० एस मा ९९ विकेट लिएका थिए । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।

सन्दिपले फ्रेन्चाइजी लिगको पहिलो खेलमा आरसीबी विरुद्ध २५ रन दिएर एक विकेट लिएका थिए । सो आइपीएलमा उनले तीन खेलमा पाँच विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय टिमका मुख्य हतियारको रुपमा आफूलाई स्थापति गर्दै आएका सन्दीपले हालसम्म सबैभन्दा धेरै विकेट राष्ट्रिय टिमको लागि नै लिएका छन् ।

नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टीमा १९ खेल खेलेका सन्दीपले २९ विकेट लिईसकेका छन् ।
यस्तो छ सन्दिपको विकेट

२०१८ इन्डियन प्रिमियर लिग (आईपीएल) ३ खेल ५ विकेट

२०१८ क्यारेबिन प्रिमियर लिग ५ खेल ७ विकेट

२०१८ अफगानिस्तान प्रिमियर लिग १ खेल २ विकेट

२०१८-१९ बिग ब्यास लिग ८ खेल ११ विकेट

२०१८-१९ बङ्गलादेश प्रिमियर लिग ६ खेल ४ विकेट

२०१९ पाकिस्तान सुपर लिग ७ खेल ११ विकेट

२०१९ आईपीएल ६ खेल ८ विकेट

२०१९ क्वारेबिन प्रिमियर लिग ६ खेल ८ विकेट

२०२०- ब्यास लिग ११ खेल १४ विकेट

नेपाली राष्ट्रिय टिमबाट टि-२० मा ३० विकेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here