मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १८ फागुन । देशभरको मौसममा आइतबार पुनः बदली आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै आइतबार रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यस्तै काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मौसम बदली भई फाट्टफुट्ट वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here