दोधारा-चाँदनीमा जनप्रतिनिधि तथा शिक्षकको क्षमता विकास कार्यशाला गोष्ठी

पप्पु गुरुङ्ग, दोधारा,१८ फागुन । स्थानिय तहका जनप्रतिनिधी तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता बिकास कार्यशाला माहाकाली नगरपालिकामा सम्पन्न भएको छ् ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागी ३ दिने क्षमता विकास कार्यशाला गोष्ठी सम्पन्न भएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको सभापतित्वमा संचालन भएको समापन कार्यक्रममा माहाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, ईजिआरपी कार्यक्रमका जिल्ला संयोजक धर्मराज राना, डडेल्धुरा संयोजक कृष्ण बहादुर बोहरा, जिल्ला अधिकृत तिलक चौधरी, माहाकाली नगरपालिकाका वडा अध्यक्ष, शिक्षक, प्रधानध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका प्रतिनिधी तथा शिक्षक अभिभावक समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

समापन सत्रमा बोल्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे । उनले समाजमा भएका बिकृती तथा विसंगती हटाउनका लागी शिक्षकको अहम भुमिका रहेको बताउदै माहाकाली नगरपालिकामा शिक्षाको स्तर उकास्न तालिमले थप बल मिल्ने बताएका छन् ।

‘शिक्षकलाई धेरै कुरा सिकाईराख्नु पर्छ भन्ने जस्तो लाग्दैन । अरुले जस्तै शिक्षकले पनि आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुनु पर्छ ।’ उनले अहिले सामान्य शिक्षा भन्दा पनि प्राबिधिक शिक्षाको आवश्यकता भएको बताउदै माहाकाली नगरपालिका पनि प्राबिधिक शिक्षाको विकासलाई जोड दिदै आएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए ।

‘जग बनाउन घर बलियो बनाउनु पर्छ, त्यस्तै बालबालिकाको भविष्य राम्रो बनाउन राम्रो शिक्षाको आवश्यकता पर्छ ।’ नगरप्रमुख सुनारले भने– ‘शिक्षालाई माथीबाट बलियो बनाउने भन्दा पनि तलबाट बलियो बनाएर ल्याउन आवश्यक छ ।’

माहाकाली नगरपालिका कार्यालयको आयोजना र युएसएआईडीको आर्थिक सहयोग तथा ईजिआरपीको प्राबिधिक सहयोगमा ३ दिने स्थानिय तहका जनप्रतिनिधी तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागी क्षमता बिकास कार्यशाला सम्पन्न भएको ईजिआरपीका प्रतिनिधी बिक्रम बहादुर धानुकले जानकारी दिएका छन् ।

तीनदिने गोष्ठीमा नेपालको विद्यमान शैक्षिक नीति तथा कार्यक्रम, स्थानीय तहको योजना निर्माण प्रक्रिया, योजना निर्माणमा कक्षा कोठामा आधारित प्रारम्भिक कक्षा पढाई सिप परिक्षण, स्थानीय तहमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको कार्यान्वय कार्य योजना निर्माण लगाएतका बिषय वस्तुमा छलफल तथा प्रशिक्षण दिईएको एनईजिआरपीका प्रतिनिधी बिक्रम बहादुर धानुकले बताएका छन् ।

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक लगाएतको सहभागीता रहेको थियो । कार्यशाला माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थय केन्द्र दोधाराको एक कक्षमा संचालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here